+
+

सोनियालार्इ भेटेर माधव नेपाल स्वदेश फर्कँदै

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर ३ गते ८:४९

madhav nepal with onlinekhabar (3)३ मंसिर, काठमाडौं ।भारत भ्रमणमा रहेका एमाले नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल बुधबार नेपाल फर्कँदैछन् । केही महत्वपूर्ण भेटघाट सकेर नेपाल राति नेपाल फर्कनेछन् ।

भ्रमणका क्रममा नेता नेपालले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता भएको छ । भेटमा नेपाल सम्बन्ध लगायतका विषयमा छलफल भएको थियो । त्यस्तै भारतीय राष्ट्रिय कंग्रेस पार्टीका अध्यक्षा सोनियाँ गान्धीसँग भएको भेटमा नेपालको संविधान निर्माण प्रक्रियाका बारेमा छलफल भएको थियो ।

नेता नेपाल मंगलबार नै अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी नेपालीहरुका लागि नयाँदिल्लीस्थित नेपाली दुतावासले आयोजना गरेको रिसेप्सन तथा रात्रीभोजमा सहभागी भए । रात्रीभोजमा पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा, प्रदिप गिरी, महेश आचार्य, आरजु देउवा राणा तथा भारतका सांसद तथा नेता डि.पी. त्रिपाठी लगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?