Comments Add Comment

पाण्डे नेतृत्वको क्यानलाई काम नगर्न सर्बोच्चको आदेश

८ मंसिर, काठमाडौं । विनयराज पाण्डे नेतृत्वको नेपाल क्रिकेट संघ (क्यान)को तदर्थ समितिलाई काम नगर्न सर्बोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

सरकारद्वारा गठित विनयराज पाण्डे नेतृत्वको क्यानको तदर्थ समितिलाई तत्काल काममा लगाउन सर्बोच्चले विपक्षीको नाममा सोमबार अन्तरिम आदेश दिएको हो ।

सर्वाेच्चका सह–प्रवक्ता बाबुराम दाहालका अनुसार न्यायाधीश गोविन्दप्रसाद शर्मा उपाध्यायको एकल इजलासले अन्तिम फैसला नहुन्जेल सरकारको निर्णय यथास्थितिमा राख्न आदेश दिएको छ ।

सर्बोच्चले आउँदो १७ गते दुवै पक्षसँग छलफल गरी यस विषयमा अन्तिम फैसला गर्ने दाहालले जानकारी दिए ।

क्यानका अध्यक्ष टंक आङबुहाङ भ्रष्टाचारमा मुछिएपछि सरकारले गत कात्तिक २० गते पुरानो समिति विघटन गरी पाण्डेको नेतृत्वमा नयाँ तदर्थ समिति बनाएको थियो ।

सरकारले क्षेत्राधिकार नाघेर विघटन गरेको दाबीसहित क्यानका कार्यवाहक अध्यक्ष तारिणी विक्रम शाह लगायतले सर्बोच्चमा रिट हालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment