+
+

बाबुको माया र आमाको मुस्कान परिवर्तन हुँदैन : शम्भु प्रधान

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १४ गते १७:०२

ranga-baijani-team
निर्देशक शम्भु प्रधान बाबुको माया र आमाको मुस्कान कहिले परिवर्तन नहुने बताउँछन् । १२ बर्षपछि चलचित्र बनाउँदा दर्शकको चाहनालाई कसरी ख्याल गर्नुभएको छ भन्ने प्रश्नमा शम्भुले भने–‘मलाई त्यस्तो लाग्दैन । म पुरानो मान्छे, चलचित्र कसरी नयाँ बनाउन सक्छु । फेरि जहिले बनाएपनि बाबुको माया र आमाले दिने मुस्कान सधै एउटै हुन्छ ।’

मंसिर १९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रंग बैजनी’का निर्देशकले मनको कुरा साट्दै व्यापारका लागि भन्दा पनि आफूलाई दर्शकले दिएको मायाका कारण चलचित्र बनाएको बताए । चलचित्रको प्रचारका लागि अमेरिकाबाट आएकी शम्भु पत्नी नुतन प्रधानले आफूले सधै महिलाको कथामा चलचित्र लेखेको बताइन् । उनले फेरि आफू अमेरिका फर्केर कथा लेख्ने अनि नेपालमा आएर चलचित्र बनाउने बताइन् ।

शम्भुका छोरा सशांक प्रधान यही चलचित्रबाट छायांकार बनेका छन् । उनले, घरकै चलचित्र भएकाले पनि धेरै कुरामा सहज भएको बताए । करिब ३७ लाखको लगानीमा बनेको यो चलचित्रबाट मोडल दिकपाल कार्की नव–नायकको रुपमा भित्रदैछन् । उनले ‘रंग बैजनी’को व्यापारले आफूलाई चलचित्र खेल्ने या मोडलिङमा नै निरन्तरता दिने भन्ने कुरा निर्धारण गर्ने बताए ।

नायिका गरिमा पन्तले यो चलचित्रबाट धेरै कुरा सिकेको भन्दै शम्भु प्रधानसँग काम गर्न पाउँदा खुशी लागेको बताइन् । श्रीमती र प्रेमिकाको बिचमा रहेर एक पुरुष पात्रले निर्वाहा गर्ने चरित्रलाई यो चलचित्रले देखाउन खोजेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?