+
+

मोबाइल एपबाट आइएमईको रेमिट्यान्स सेवा

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १६ गते १८:३९

IME photos

१६ मंसिर, काठमाडौं । इन्टरनेशनल मनी एक्स्प्रेस (आइएमई) ले नेपालको रेमिट्यान्स क्षेत्रमा पहिलोपटक मोबाइल एप सेवा शुरु गरेको छ । ग्राहकमैत्री सेवाहरु सञ्चालनमा ल्याइरहने कम्पनीले प्रविधिमैत्री सेवा मोबाइल एप सञ्चालनमा ल्याएको हो ।

सुचना प्रविधि क्षेत्रमा आम नेपालीहरुको बढ्दै गएको आकर्षण, प्रयोग तथा सरल तथा छिटो सेवा पाउने यथार्थलाई मध्यनजर गर्दै यो सेवा सुरु गरेको कम्पनीले जनाएको छ ।

हरेक स्मार्टफोनमा आइएमईको मोबाइल एप डाउनलोड गरेर सेवाग्राहीहरुले कम्पनीका विभिन्न सेवाहरु नजिकको एजेन्ट लोकेशन, पठाउन चाहेको रकमका लागि लाग्ने शुल्क, आफनो ट्रान्जेक्सनको पछिल्लो स्थिति तथा कम्पनीका विभिन्न योजना तथा गतिविधिहरुका घरमै बसेर थाहा पाउन सकिन्छ ।

यो मोबाइल एप गुगल प्ले स्टोर, गुगल प्ले सर्भिस र एप्पल स्टोरबाट डाउनलोड गर्न सकिनेछ ।

आफनो स्थापनाकाल देखिनै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउन प्रतिवद्व आइएमई वैदेशिक रोजगारीमा गएका नेपालीहरुले पठाएको रेमिट्यान्स रकमको आधारमा नेपालको नम्वर १ रेमिट्यान्स कम्पनीका रुपमा स्थापित छ ।

सेवा शुभारम्भको १४आंै वर्षसम्ममा कम्पनीले नेपाल अधिराज्यका प्रमुख शहर तथा शहरोन्मुख ग्रामिण क्षेत्र समेतलाई समेट्ने गरी ७५ जिल्लाका ३२ सय एजेन्ट/सब-एजेन्ट र  ११० आइएमई सेन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?