+
+

गृहमन्त्रीको राजीनामा माग्दै तरुण दलको राँके जुलुस

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १० गते २१:१९

१० जेठ, काठमाडौं । नेपाल तरुण दलले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै राजधानीमा राँके जुलुस निकालेको छ ।

बिहीबार साँझ कोटेश्वरबाट अघि बढेको जुलुसका सहभागीले सहकारी ठगी प्रकरणमा लामिछानेले सत्ताशक्तिको अहँकार देखाएको भन्दै राजीनामा माग गरेका हुन् ।

जुलुस र कोणसभालाई कांग्रेसको भ्रातृसंगठन तरुण दलका अध्यक्ष विद्वान गुरुङ, केन्द्रीय सदस्य अशोक झा लगायतले नेतृत्व गरेका हुन् ।

तरुण दलले सहकारीको रकम अपचलन गर्ने गोर्खा मिडियाका अध्यक्ष जीबी राईको खोजी गर्न ढिलाइ गर्नुको कारण माग गरेको थियो ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हिरासतबाट मुक्त गर्न समेत तरुण दल कार्यकर्ता र समर्थकले माग गरेको केन्द्रीय सदस्य अशोक झाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?