+
+

अब काठमाडौं बाहिर पनि बैंकिङ तालिम

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १८ गते १०:००

१८ मंसिर, काठमाडौं । नेशनल बैंकिङ इन्ष्च्टियूट (एनबिआइ)ले बुटवल, पोखरा र विर्तामोडमा ‘कम्प्रिहेन्सिभ बैंकिङ कोर्ष’ तालिम सुरु गरेको छ ।

उक्त कोर्ष बैंक तथा वित्तीय संस्थाका नवप्रवेशी कर्मचारीलाई लक्षित गरी बनाइएको एनबिआइले जनाएको छ । काठमाडौंमा लगभग सबै बैंक/वित्तीय संस्थाले आफ्ना कर्मचारीहरुलाई यो तालिम दिइसकेका छन ।

एनबिआइले निकट भविष्यमै बिराटनगर, नेपालगञ्ज, धनगढी, चितवन र वीरगञ्जमा पनि उक्त तालिम संचालन गर्ने जनाएको छ ।

६ दिन वा १८ बिहानी गरी दुई समयमा सञ्चालित तालिममा बैंक तथा वित्तीय संस्थाहरुलाई आवश्यक बिषयहरु (एकाउन्ट सर्भिस, रेमिट्यान्स, क्रेडिट, सेल्स, कष्टमर सर्भिस, कार्ड सिग्नेचर भेरिफिकेसन, अपरेसन रिस्क) समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?