+
+

नयाँ संरचनामा काम गर्न नयाँ नगरपालिकालाई परिपत्र

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १९ गते ११:२९

१९ मंसिर, काठमाडौं । स्थानीय विकास मन्त्रालयले नयाँ नगरपालिकाहरुलाई नयाँ संरचनामा काम गर्न परिपत्र गरेको छ ।sarkar

विहीबार काठमाडौं उपत्यका बाहिरका नगरपालिकाहरुलाई परिपत्र गरेको मन्त्रालयले शुक्रबार काठमाडौं उपत्यका बाहिर परिपत्र गरेको हो ।

गाविसको रुपमा काम गर्दै आएका गाविस कार्यालयलाई संयुक्त वडा समन्वय समितिको रुपमा परिणत गरि नगरपालिकाको स्वरुपमा कार्य सन्चालन गर्न निर्देशन सहितको परिपत्र गरिएको स्थानीय विकास मन्त्रालयका सहसचिव गोपी खनालले जानकारी दिए ।

नगरपालिका कार्यालय स्थापना गर्न, बैंक खाता खोल्न, नयाँ संरचना निर्माणको लागि तयारी थाल्न र नगरपालिकाबाट महानगरपालिकामा गाभिएका गविसमा पनि संयुक्त वडा कार्यालय गठन गर्न परिपत्र गरिएको उनले बताए ।

मन्त्रिपरिषद अन्तरगतको सामाजिक समितिको मंगलबार बसेको बैठकले स्थानिय विकास मन्त्रालयले गरेको प्रस्ताव सदर गर्दै ६१ ओटा नयाँ नगरपालिका घोषणा गरेको थियो । नयाँ थपिएसंगै अब नेपालमा नगरपालिकाको संख्या १ सय ९१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?