+
+

चर्चित कमेडियन कपिल शर्मा काठमाडौंमा

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २७ गते ११:५६

kapil-sharma-kathmandu

  • भारतीय कमेडियन कपिल शर्मा(दायाँ) शनिवार याक एन्ड यति होटलमा नेपाली संचारकर्मीसँग कुरा गर्दै ।

२७ मंसिर, काठमाडौं । भारतीय चर्चित कमेडियन कपिल शर्मा शनिबार काठमाडौं आइपुगेका छन् । स्थानीय प्रशासनको आदेशमा दशरथ रंगशालामा शनिबारका लागि तय भएको कार्यक्रम स्थगित भएपनि कपिलले काठमाडौं यात्रा भने स्थगित गरेनन् ।

कपिल शर्मा मध्यान्ह काठमाडौं आइपुगेका हुन् । उनी भोलि आइतबार फर्किने कार्यक्रम छ ।

एनसेलले शनिबार रशरथ रंगशालामा पर्पल फेष्ट कार्यक्रम राखेको थियो । जसमा कपिलसँगै गायक सोनु निगमको पनि प्रस्तुती रहने थियो ।

कमेडी नाइट्समा दादीको भूमिका गर्ने अलि(बिचमा) संचारकर्मीसँग कुरा गर्दै
कमेडी नाइट्समा दादीको भूमिका गर्ने अलि(बिचमा) संचारकर्मीसँग कुरा गर्दै

तर, शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा संवेदनशीलता भन्दै कार्यक्रम स्थगित गर्न आदेश दिएको थियो । स्थानीय प्रशासनको आदेशपछि एनसेलले कार्यक्रम स्थगित गरेको छ र टिकटका लागि डाटा खरिद गरेकाहरुलाई पैसा फिर्ता लिन आग्रह गरेको छ ।

उनको चर्चित टेलिभिजन शो कमेडी नाइट विथ कपिल भारतसँगै नेपालमा पनि निकै लोकपि्रय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?