+
+

मालिका बैंकको प्रमुख कार्यकारी अधिकृतमा तिवारी

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २८ गते १३:३२

Dhurbaraj tiwari२८ मंसिर काठमाडौं । कैलालीको धनगढीमा प्रधान कार्यालय रहेको मालिका बिकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा ध्रुवराज तिवारी नियुक्त भएका छन् । बैंकले उनलार्इ अगामी ४ वर्षे कार्कालयका लागि नियुक्त गरेको हो ।

कर्जा ब्यबस्थापनमा अब्बल मानिने तिवारीका लागि करिब चार प्रतिशत हाराहारी रहेको खराब कर्जा नियन्त्रण, फैलदो र प्रतिस्पर्धी बैंकिङ्ग ब्यवसायमा मालिकाको ब्यवसाय बिस्तार प्रमुख चुनौती हो ।

संस्थागत सुसासन र कर्जा व्यवस्थापनमा अब्बल तिवारीसँग १८ बर्ष भन्दा लामो बैंकिङ्ग अनुभव छ । तत्कालीन अन्नपूर्ण फाइनान्सबाट बैंकिङ्ग करियर सुरू गरेका तिवारी तत्कालीन अपी फाईनान्सका प्रबन्ध सञ्चालक हुदै हालको एपेक्स डेभलपमेण्ट बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए ।

सञ्चालक समितिसँग खराब कर्जाको विवाद भएपछि उनले एक वर्षअघि एपेक्स छोडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?