Comments Add Comment

मन्त्री रिजालमाथि कारवाही माग गर्दै कार्की पुगे संसदीय समितिमा

२८ मंसिर, काठमाडौं । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले सूचना तथा सञ्चा रमन्त्री डा.मिनेन्द्र रिजालमाथि कारवाही माग गर्दै संसदको विकास समितिमा लिखित उजुरी दिएका छन् ।

minendrarijalआफूलाई गैरकानुनी रुपमा रेडियो नेपालको कार्यकारी निर्देशकबाट मन्त्रालयमा हाजिर गराई दुःख दिने र बार्गेनिङ समेत गरेको भन्दै कार्कीले विकास समितिमा निवेदन दिएका हुन् ।

चार वर्षका लागि आफू मन्त्रिपरिषदबाट कार्यकारी निर्देशमा नियुक्त भएको भन्दै कार्कीले आफूसँग मन्त्रीले पटक-पटक राजिनामा मागेको र नदिएपछि गैरकानुनी रुपमा मन्त्रालयमा हाजिर हुन पत्र पठाएको बताएका छन् ।

आफू अहिले पनि रेडियो नेपालको कार्यकारी निर्देशककै रुपमा मन्त्रालयमा गएर हाजिर गरिररहेको र रेडियो नेपाल गैरकानुनी रुपमा चलिरहेको उनको दावी छ । कार्कीले रेडियो नेपालमा मन्त्रीले राजनीतिक हस्तक्षेप गरी धराशायी बनाएको र नियम विपरित काम भएको भन्दै आफूलाई कार्यकारी निर्देशकका रुपमा काम गर्ने वातावरण निर्माणका लागि मन्त्रालयलाई निर्देशन दिन संसदीय समितिसमक्ष गुहार मागेका छन् ।

कार्कीलाई गत असोज २९ गतेदेखि मन्त्री रिजालको ठाडो आदेशमा रेडियो नेपालबाट मन्त्रालयमा हाजिर गराईएको थियो । कार्की त्यसविरुद्ध अदालत गए पनि अहिलेसम्म मुद्दाको किनारा लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment