Comments Add Comment

कतारमा गोरखालीको बनभोजमा घन्कियो पञ्चैबाजा

diha pic-1दोहा- गोरखा सेवा समाज कतारले आफ्नो स्थापना दिवसको अवसरमा  कतारको अल दोसरी गार्डेनमा आयोजना गरेको बनभोज कार्यक्रममा नेपालीहरुले पञ्चेबाजाको तालमा रमाइलो गरे ।

बनभोजमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष टीबी कार्की, विशेष अतिथिहरुमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका कोषाध्यक्ष द्रोण बस्नेत,  समाजका संरक्षक बुधबल गुरुङ, समाजका प्रमुख सल्लाहकार श्रीकृष्ण भट्टराई, बुद्धिजिवी तथा समाजसेवी बिलबहादुर गुरुङ, अन्तर्राष्ट्रिय कलाकार समाजका अध्यक्ष रेगिस्तानी कवि तिर्थसंगम राई, गोरखा मुस्लिम सेवा समाजका अध्यक्ष मुमजन मियाँ सहभागी थिए ।

यस्तै, नेपाल पत्रकार महासंघ कतार शाखाका कोषाध्यक्ष कृष्ण पराजुली, नेपाली जनप्रगतिशील मन्चका सल्लाहकार नवराज सिम्खडा ‘जिज्ञाशु’, कास्की आर्दश सेवा समाज अध्यक्ष आशबहादुर गुरुङ, मोरङ सुनसरी सेवा समाजका अध्यक्ष टीएन बराल, स्याङजा सहयोग समाजका सचिवालय सदस्य  बमबहादुर कार्की, बागलुङ्ग सेवा समाजका उपाध्यक्ष चन्द्रकान्त शर्मा, ओखलढुङगा सेवा समाजका महासचिव रंजित तामाङ, नेपाली महिला समाज, कतारकी उपाध्यक्ष अमिना खान लगायत बनभोजमा सहभागी भए ।

यस्तै, नवोदित साहित्यिक वाचनालयका अध्यक्ष भानु सुनुवार, तनहुा सेवा समाज कतारका अध्यक्ष धनबहादुर परियार, तमु समाज कतारका कोषाध्यक्ष पामबहादुर गुरुङ, बसन्त फिल्मिस पोडक्सनका संरक्षक इश्वर काफ्ले, प्रवासी नेपाली संागितिक परिवरका अध्यक्ष शक्ति क्षेत्री, समाजका सल्लाहाकार जीवी परियार, सल्लाहाकार  धनराज गुरुङ, सल्लाहाकार काजीराम बाानिया, सल्लाहाकार रामजी खत्री, क्षेत्रीय संयोजक क्षेत्र नं. १ ओमराज गुरुङ,क्षेत्रीय संयोजक क्षेत्र नं. २ हिक्मतदिन मियाा, क्षेत्रीय संयोजक क्षेत्र नं. ३ ज्ञानेन्द्र न्यौपाने पनि बनभोजमा सहभागी हुादै रमाइलो गरेका थिए ।

प्रमुख अतिथि तथा अतिथिहरुबाट दिपप्रज्वलन र पन्चैबाजाको साथमा उद्घाटन गर्दै कार्यक्रमलाई अगाडी बढाईएको थियो । गोरखा सेवा समाजका अध्यक्ष आशबहादुर गुरुङको सभापतित्वमा भएको कार्यक्रममा समाजका उपाध्यक्ष सुदर्शन भट्टले स्वागत मन्तब्य राख्दै स्थापना दिवसको र कतारको राष्ट्रिय दिवसको शुभकामना दिएका थिए ।

doha pic2यसैबीच, समाजले अयोजना गरेको बनभोजमा पन्चैबाजाले पनि छुट्टै रौनकता थपेको थियो । कलाकारहरु कृष्ण परियारको संयोजकत्वमा, गोविन्द परियार  सोम परियार सहनाई, दधिराम परियार रोशन परियार दमाह, दिपक रणपाल ढोल्की, दीपक परियार ट्याम्की, लक्ष्मण परियार झ््याली र कृष्ण परियार विगुलमा साथ दिदै कार्यक्रममा रौनकता थपेका थिए ।

पन्चैबाजामा कलाकार सन्तोष बन्जराले  ‘हावा चल्याछ त्यहि मोरीको सम्झनाले मुटु जल्याछ…’, र बामदेव भाटले ‘त्यसै त मन मेरो धमिलो धमिलोमा नमिसाउ अमिलो…’, कृष्ण परियारले ‘रुमाल हल्ललाई हल्ललाई…’ बामदेव र सन्तोष बन्जराले ‘झिम झिम सानु नझिम्काउ परेली…’मा दोहोरी खेलेका थिए । कार्यक्रममा शमिला तामाङ, रविन शिव, विना घतानी , इशा घतानीको नृत्य, ‘तिते करेलील मलाई लठ्ठै बनायो झिमझिम परेलीले…’ बोलको गीतमा इन्दीरा शाह र वाम देव भाटको दोहोरीले माहोलाई रोचक बनाएको थियो । ‘ए तुलसी आागनमा रोपउला…’ ‘देउरालीको चौतारीमा संगिनीले…’  र क्यु एण्ड ब्यान्डको लाइभ प्रस्तुतीले पनि वहावही बटुल्न सफल भएको थियो ।

कार्यक्रममा गैरआवासीय नेपाली तारा २०११ का देनेश लिम्वु, अतिमान घले, लगायत दजनौ कलाकारहरुले आफ्नो प्रस्तुती दिए । ५ सय भन्दा बढिले सहभागिता जनाएको कार्यक्रममा सबै परिकारहरु पिकनिक स्र्पोटमा नै बनाएको देखेर कतिपय सहभागिहरुले नेपालकै कुनै रमाइलो ठाउँ पिकनिकमा सहभागि भएको आभाष भएको बताए ।

राजेश्वर ढकाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment