Comments Add Comment

‘डाक्टर सा’ब पत्थरीको अपरेशन कतिपटक गर्नुपर्छ ?’

dhnairam Tharu

  • कपिलवस्तुका धनिराम थारु

५ पुस, पाल्पा । पाल्पाको प्रभासस्थित लुम्विनी मेडिकल कलेजमा पत्थरीको उपचारका लागि आएका कपिलवस्तुका धनिराम थारुले चिकित्सकलाई सोधे, ‘डाक्टर सा’ब पत्थरीको कतिपटक अपरेशन गरेपछि निको होला ?’ डाक्टरले जवाफ फर्काए, ‘एकपटक अपरेशन गरेपछि भईहाल्छ नि ।’

लुम्विनी मेडिकल कलेजमा पत्थरीको शल्यक्रिया पटक पटक गर्नुपर्ने सुनेका कपिलवस्तुका धनीराम अपरेशन अघि नै ढुक्क हुन चाहेका थिए । डाक्टरहरुले एकैपटकको अपरेशनमा निको हुने आश्वासन दिएपछि उनी पत्थरीको अपरेशन गर्न तयार भए । तर, उनलाई एक सातामै दुईपटक अपरेशन गर्नुपर्‍यो ।

दुईपटक अपरेशन गर्दा पनि सबै पत्थरी ननिस्किएको थाहा पाएका धनिरामलाई फेरि शल्यक्रिया गर्न कहाँबाट पैसा जुटाउने भन्ने पिरलो छ । पत्थरीको शल्यक्रिया गर्नुअघि ६५ हजार रूपैयाँ अस्पतालमा बुझाएका थिए उनले । रकम नपुगेको भन्दै अस्पतालले थप रकम मागेको उनका आफन्तको गुनासो छ ।

यसैगरी तानसेनकी अर्चना तिवारीले पनि लुम्विनी मेडिकल कलेजमा दुईपटक मिर्गौलाको पत्थरी निकाल्न शल्यक्रिया गरिन् । ‘कलेजको सिनियर डाक्टरसँग सल्लाह लिदा एकपटक अपरेशन गरेकोले सुन्निएको मात्रै हो भने तर पुनः शल्यक्रिया गर्नुपर्छ भनेपछि दोस्रोपटक पनि अपरेशन गराएँ,’ अर्चनाले भनिन् ।

कपिलवस्तुका धनिराम र तानसेनकी अर्चना मात्रै होइन लुम्विनी मेडिकल कलेजमा शल्यक्रिया गरिएका अधिकांश विरामीहरु पटक पटक शल्यक्रिया गर्नुपर्दा आजित छन् । जतिपटक शल्यक्रिया गर्यो, उत्तिनै पटक विरामीले शल्यक्रियाको रकम पूरै तिर्ने गरेका छन् ।  lumbini medical college

  • लुम्विनी मेडिकल कलेज

मेडिकल कलेजमा चिकित्सकले कमिशनको चक्करमा यस्तो गर्ने गरेको विरामीहरुको आरोप छ । ‘केही डाक्टरले कलेज र स्वयंलाई पैसा आउने भएपछि जानीजानी दुईपटक शल्यक्रिया गराउन बाध्य बनाउँछन्,’ एक बिरामीले भने, ‘यहीँ कार्यरत डाक्टरले नै मेडिकल कलेजमा लगानी गरेकाले पैसा कमाउन सबै पत्थरी एकैपटक निकाल्दैनन् ।’

तर कलेज संचालक भने यो कुरालाई स्वीकार गर्न तयार छैनन् । उनीहरूले केही प्राविधिक कमीकमजोरी हुनसक्ने भन्दै पटक-पटक शल्यक्रिया गर्न भने विरामीलाई बाध्य नपारेको बताउँछन् ।

‘हामी प्राविधिक रूपमा भएको के हो त्यो त भन्न सक्दैनौं,’ कलेजका कम्पनी सचिव निर्दोष खनाल भन्छन्, ‘फाइदा हेरेर हामीले डाक्टरलाई दुई-तीनपटक शल्यक्रिया गर्न भनेका छैनौं । सेयर सदस्य हो भन्दैमा डाक्टरले जानीजानी दुई-दुई पटक अप्रेसन गराउन बिरामीलाई बाध्य नपार्ने उनले स्पष्ट पारे ।

मेडिकल शिक्षाका लागि स्थापना गरिएका मेडिकल कलेजहरुको आम्दानी विद्यार्थीसँग लिने शुल्क नै हो । तर, विद्यार्थीहरुलाई प्रयोगात्मक पनि गराउन सकिने र आम्दानी पनि हुने भन्दै सर्वसाधारणका लागि उच्च प्रविधिसहितको स्वास्थ्य सेवा दिने गरिएको छ ।

-रेखीराम रानाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment