+
+

अब एक महिनापछि नयाँ संविधान- महेश बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ९ गते १२:२२

९ माघ, भक्तपुर । उद्योग मन्त्री महेश बस्नेतले एक महिनापछि नयाँ संविधान जारी हुने दाबी गरेका छन् ।

mahesh basnetएकीकृत नेकपा माओवादी र मधेसवादी दलको अवरोधका कारण माघ ८ मै संविधान जारी गर्न नसके पनि निराश भैहाल्ने अवस्था नरहेको उनले बताए ।

‘दुईचार दिन अवरोध पुर्‍याउँदैमा संविधान ल्याउन कसैले रोक्न सक्दैन,’ गैरसरकारी संस्था महासंघ भक्तपुरको पाँचौं जिल्ला अधिवेशन एवम् १२ औं वार्षिक साधारणसभा उदघाटन समारोहलाई शुक्रबार सम्वोधन गर्दै उनले भने, ‘एक महिना ढिलै भए पनि संविधान आउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?