+
+

सानिमा बैंकको डेविट कार्ड

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ १९ गते १४:४१
 sanima_bank_img१९ माघ, काठमाडाैं । सानिमा बैंकले नेपाल तथा भारतका एटिएम र ब्यापारीक केन्द्रहरुमा सहज रुपमा प्रयोग गर्न सकिने भिसा ब्राण्डको डेबिट कार्ड शुभारम्भ गरेकोछ । यसका साथै बैंकले एटिएम सञ्जाल बिस्तार गर्न थप २७ एटिएमहरु संचालनमा ल्याएकोे छ ।

सो शुभारम्भ कार्यक्रम, ब्रान्ड एम्बेसडर मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य र प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले संयुक्त रुपमा गरेका थिए । उनीहरुले भिसा ब्राण्डको डेबिट कार्ड नयाँ एटीएममा प्रयोग गरी नगद निकालेर त्यसको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले छिटै अन्र्तराष्ट्रिय डेविट र प्रिपेड ट्राभल कार्ड संचालनमा ल्याउने जानकारी समेत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?