Comments Add Comment

चिकित्सा विज्ञानमा नयाँ चमत्कार, फोक्सो, मुटु तथा पेट जोडिएका जुम्ल्याहालाई छुट्टाइयो (फोटो फिचरसहित)

Ten-month-old-conjoined-baby-girls
डाक्टरहरुले छाति र पेट जोडिएका जुम्ल्याहा बच्चालाई शल्यक्रिया गरेर छुट्याउन सफल भएका छन् । छाति र पेटको बाहिरी भाग मात्र नभै भित्री अंगहरु समेत जोडिएका दुइ जुम्ल्याहा बालिकाहरुलाई शल्यक्रिया गरी छुट्याइएको यो घटना विश्वकै चिकित्सा विज्ञानका लागि नौलो सफलता हो ।

अमेरिकाको टेक्सास बालअस्पतालका शल्यचिकित्सकहरुले दश महिना जुम्ल्याहा नाटेली होप र एडिलिन फेथ माटालाई सफल शल्यक्रिया मार्फत छुट्याउन सफल भए ।

गत अप्रिलमा एसिली र जोन एरिकको कोखबाट जन्मिएका ती जुम्ल्याहाको जन्मिँदै छाति तथा पेट जोडिएको थियो । उनीहरुको सरीरका भित्री अंगहरु फोक्सो, मुटुको बाहिरी भित्ता, फोक्सो मुनि रहेको डायफ्रागम भन्ने भाग, कलेजो, पेट तथा आन्द्रा र कम्मरको हड्डी समेत जोडिएका कारण शल्यक्रिया गरेर छुट्याउन असम्भव रहेको र जुम्ल्याहाले साझा रुपमा प्रयोग गरेका अंगलाई छुट्टाउँदा दुबैको ज्यान जानसक्ने खतरा थियो ।

Ten-month-old-conjoined-baby-girls-1

उनीहरुलाई यो महिनाको सुरुमा टेक्सास बाल अस्पतालमा भर्ना गरियो, जहाँ जुम्ल्याहाको शल्यक्रियाका लागि १२ सर्जन, बेहोस पार्ने ६ जना तथा ८ जना नर्स सहितको टीम बनाइयो ।

२६ घन्टा लामो शल्यक्रियापछि डाक्टरहरु असम्भव मानिएको कुरालाई सम्भव तुल्याउँदै सफलतापूवर्क छाति, पेट तथा भित्री अंगहरु समेत जोडिएका जुम्ल्याहालाई अलग गर्ने काम सम्पन्न गरे ।

विश्वमै पहिलो सफलताका रुपमा आफ्ना जोडिएका जुम्ल्याहा छोरीको शल्यक्रिया भएपनि आमा एसिली कम कृतज्ञ छैनन् । आफ्ना छोरीहरुलाई स्वतन्त्रतापूर्वक बाँच्न सम्भव गराउने डाक्टरहरुलाई जति धन्यवाद दिएपनि कम हुने उनी बताउँछिन् । ‘हामीलाई थाहा छ यसका लागि कति योजना र समय खर्च भयो भनेर । टेक्सास बाल अस्पताललाई धन्यवाद छ, जहाँ हाम्रो सपना वास्तवकता भएको छ’-उनले भनिन् ।

Ten-month-old-conjoined-baby-girls-2

एलिसीले १० महिनासम्म आफूहरुलाई हौसला र सहयोग प्रदान गर्ने सबैलाई धन्यवाद समेत दिएकी छिन् ।

विश्वकै पहिलो घटनाको रुपमा रहेको यो अभूतपूर्व शल्यक्रिया एकाएक भएको भने होइन । यसका लागि डिसेम्बर महिना देखि नै चिकित्सहरुले तयारी गरिरहेका थिए ।

जुम्ल्याहाको मुख्य शल्यक्रियाको तयारी स्वरुप गएको डिसेम्बरमा यिनीहरुको छाती र पेट जोडिएको भागमा तन्तुलाई फस्टाउने चिज राखिदिएका दिए डाक्टरहरुले । जसका लागि ५ घण्टाको समय लागेको थियो ।

ऐतिहासिक शल्यक्रियामा सहभागी मध्येका एक शल्यचिकित्सक डाक्टर ड्यारेल कास भन्छन्, जुम्ल्याहा अलग गर्ने शल्यक्रिया मध्ये यस्तो प्रकारको यो पहिलो शल्यक्रिया हो ।

Ten-month-old-conjoined-baby-girls-3

यसरी पेट र छाति जोडिएको जुम्ल्याहालाई ‘थोर्यासो-अम्फ्यालो-स्चियोफ्यागस टि्वन्स’ भनिन्छ ।

अहिले ती जुम्ल्याहा बच्चीहरुलाई अस्पतालको बाल आइसियु कक्षमा राखेर उपचार गरिँदैछ । उनीहरु पूरै स्वस्थ हुनका लागि केही महिना लाग्ने बताइएको छ । दुबै बालिकालाई थप केही शल्यक्रिया समेत गर्नुपर्ने सम्भावना छ । उनीहरुलाई अस्पतालबाट घर कहिले पठाइने भन्ने विषयमा तत्काल अस्पतालले कुनै जानकारी उपलब्ध नगराएको डेलीमेलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment