+
+

महिला बेच्नेलाई २० वर्षको जेल सजाय

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन १४ गते ८:३३

१४ फागुन, नुवाकोट । चार जना महिलालाई बिक्री गरेको अभियोगमा नुवाकोट जिल्ला अदालतले तीन जनालाई जनही २० वर्षको कैद सजाँयको फैसला गरेको छ ।

law-schoolजिल्ला अदालत नुवाकोटका न्यायधीश किराणप्रसाद सिवाकोटीको इजलाशले दोषी ठहरिएकासँग जनही दुइ लाख रुपैयाँ जरिवाना र पीडितलाई जनही एक लाख रुपैयाँको दरले क्षतिपूर्ति भराउनेे फैसला गरेको हो ।

एक बालिका सहित चार जना महिलालाई भारतमा लगेर बिक्रि गरेको अभियोगमा पक्राउ परेका नुवाकोटको घ्याङफेदी गाँउ विकास समितिको वडा नम्बर २ का २४ वर्षका माइला भनिने साइला तामाङ, घ्याङफेदी गाविस वडा नम्बर २ कै ३० वर्षका चुलबुले भनिने कान्छा लामा तामाङ र घ्याङफेदी गाविस वडा नम्बर ५ घर भई काठमाडौको बौद्धमा बस्दै आएका दिपक भनिने राजेश लामालाई दोषी ठहर गर्दै जिल्ला न्यायधीश सिवाकोटीको इजलाशले २० वर्षको कैद सजाँयको फैसला गरेको हो ।

नुवाकोटको राउतवेशी गाँउ विकास समितिको वडा नम्बर ८ का ज्ञानबहादुर तामाङले दिएको जाहेरी मुद्दाको आधारमा जिल्ला अदालत नुवाकोटका मुख्य न्यायधीश सिवाकोटीले दोषी ठहर भएकाहरुलाई जनही दुई लाख रुपैयाँ जरिवाना र पीडित भएका महिलाहरुलाई जनही एक लाख रुपैयाँ क्षतिपूर्ति समेत भराउने फैसला गर्नुभएको जिल्ला अदालत नुवाकोटको निमित्त श्रेष्तेदार विकास डिसीले जानकारी दिए ।

कपिलदेव खनालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?