+
+

नदीमा डुबेर एकै घरका ३ बालबालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत १५ गते १३:०३

१५ चैत, मुगु । यहाँको सदरमुकाम गमगढीबाट २१ कोष उत्तर-पश्चिममा पर्ने धैनकोट गाविसको बलाडी भन्ने ठाउँ नजिकै मुगु कर्णाली नदीमा डुबेर एकैघरका तीन बालबालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धैनकोट गाविस-६ भियालवाडा निवासी बली सार्कीकी छोरीहरु १२ वर्षीया नन्दादेवी, १० वर्षीया विष्णुदेवी र ८ वर्षीय छोरा कुशल सार्की रहेको जगतमाला उच्च माध्यमिक विद्यालय धैनका शिक्षक नरजित मल्लले जानकारी दिए ।

शनिबार भेडा चराउन गएकाबेला नदीमा नुहाउन लाग्दा उनीहरुको पानीमा डुबेर मृत्यु भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?