+
+

भन्सार कर्मचारीलाई टाइ सुटको ब्यवस्था

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २४ गते ९:१२

tie man२४ चैत, काठमाडौ । भन्सारका कर्मचारीको पहिचानका लागि राज्यले छुट्टै पोशाकको ब्यवस्था गर्ने भएको छ । अन्तर्राष्ट्रिय प्रचलन अनुसार नेपाली भन्सारका कर्मचारीका लागि त्यस्तो ब्यवस्था गर्न लागिएको हो ।

नयाँ वर्षको सुरुवातसँगै भन्सार विभाग अन्तर्गतका १ हजार २ सय ९० कर्मचारी सवै नयाँ पोशाकमा सजिने अभियान दैनिकमा खबर छ ।

राज्यले गरेको नयाँ पोशाकको ब्यवस्थामा कालो जुत्ता एवम् भन्सारको लोगोसहितको सुट, टाई र क्याप हुनेछ । सुट गाढा खरानी, सर्ट घ्यू रंग र टाइ सेता धर्कासहित निलो रंगको हुनेछ ।

यस्तो पोशाक महिला तथा पुरुष दुवै कर्मचारीले प्रयोग गर्न सक्नेछन् । तर महिलाले छुट्टै पोशाक लगाउन चाहेमा भने प्याजी रंगको साडी, सोही रंगको ब्लाउज र कालो जुत्ता लगाउनुपर्नेछ ।

भन्सार कर्मचारी राज्य सीमानाको पहिलो स्थानमा बस्ने भएकाले उनीहरुको छुट्टै पहिचानका लागि यस्तो ब्यवस्था गर्न लागिएको विभागका महानिर्देशक शिरिरकुमार ढुंगानाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?