Comments Add Comment

स्पेनमा पर्वतवासीहरू संगठित हुँदै

parbat google mapबसन्त रानाभाट 

बार्सिलोना । स्पेनमा जातीय तथा क्षेत्रीय संगठनहरु दिनानु दिन बढिरहेका बेला पर्बत जिल्लाबासीहरु पनि एकजुट हुने भएका छन्। नजिकैका छिमेकी जिल्लाहरु बागलुङ्, म्याग्दी, कास्की, स्याङ्जाको नाममा समाज गठन भइसकेको छ । अन्य जिल्लावासी संगठित भएजस्तै पर्वत स्थायी घर भई स्पेनमा बसोबास गर्दै आएका नेपालीहरु जुट्न लागेका हुन्।

आगामी अप्रिल २९ तारिक बुधबार बार्सिलोनामा जिल्लाबासीहरुको बृहत भेला तथा परिचायात्मक कार्यक्रमको आयोजना गरिएको गंगाप्रसाद भुसालले जानकारी दिए। तर उनले समाज नै गठन गरेर जाने तय भई नसकेको बताउदै कसरी जान सकिन्छ भेलाले निर्णय गर्ने बताए।

आफ्नो जन्मस्थानमा प्रवासबाट गर्न सकिने सहयोगलाई निरन्तरता दिने, परोपकारी काममा सघाउने लगायत स्पेनमा रहेका जिल्लाबासीलाई आपद् परेको बेला सहयोग गर्ने उदेश्यले भेलाको आयोजना गरिएको बताईएको छ। साथै स्पेनस्थित संघ सस्था संगठनहरुसँग हातेमालो गर्दै सामाजिक कार्यमा जुट्नेबारे पनि जिल्लाबासीहरुले भेलामा छलफल गर्नेछन्।

पर्वत जिल्ला सामान्य पहाडी जिल्ला सरहकै भौगोलिक बनावट भएको नेपालको सुन्दर जिल्ला हो। विकासका पूर्वाधार र चेतना स्तरका हिसाबले ‘पर्वत’ अन्य जिल्ला भन्दा अगाडि छ।

धौलागिरी अञ्चलका चार जिल्ला मध्येको एक पर्वतको सिमाना कास्की, स्याङ्जा, बाग्लुङ र म्याग्दीसँग जोडिएको छ। ४ सय ९४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पर्वत नेपालको चौथो सानो जिल्ला हो |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment