+
+

प्रधानमन्त्री इण्डोनेसिया प्रस्थान

७ वैशाख, काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला अफ्रो-एसियाली मुलुकको सम्मेलनमा भाग लिन सोमबार इण्डोनेसिया प्रस्थान गरेका छन् । १७ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै कोइराला २ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ७ गते १०:१९

Sushil-Koirala

  • प्रधानमन्त्री सुशील कोइरालालाई विदाइ गर्न त्रिभुवन विमानस्थलमा पुगेका सभामुख र मन्त्रीहरु ।

७ वैशाख, काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला अफ्रो-एसियाली मुलुकको सम्मेलनमा भाग लिन सोमबार इण्डोनेसिया प्रस्थान गरेका छन् । १७ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै कोइराला २ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् ।

इण्डोनेसियाको अफ्रो एसियाली सम्मेलन र सहकार्यको दशौं वार्षिकी  कार्यक्रमलाई कोइरालाले सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, जापानका प्रधानमन्त्री सिन्जो अवे लगायतका राजनेताहरु सहभागी हुनेछन् ।

सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री महेन्द्र पाण्डेसहितको टोली पुगिसकेको छ । सम्मेलनका तहगत बैठकहरु आइतबारबाट सुरु भइसकेको छ ।

सम्मेलनबाट फर्कने क्रममा प्रधानमन्त्री कोइरालाले बुम्रङगड अन्तराष्ट्रिय हस्पिटलमा स्वास्थ्य परीक्षण गराउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?