- घाइतेको उद्दार गर्दै सशस्त्र प्रहरी
१४ वैशाख, काठमाडौं । शनिबार मध्याहृन आएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ३ हजार ९ सय ४ पुगेको छ । गृह मन्त्रालयका अनुसार ७ हजार १ सय८० जना घाइते भएका छन् ।
अझै पनि विभिन्न स्थानमा उद्दार टोली पुग्न सकेको छैन । सबैभन्दा बढी सिन्धुपाल्चोकमा १ हजार ३२ जनाको मृत्यु भएको छ । उपत्यका १ हजार ३सय २७ को मृत्यु भएको छ । भने ४ हजार ३ सय ३८ घाइते भएका छन् । जसमा काठमाण्डौ ९३०, भक्तपुरमा २४० र ललितपुरमा १५७ जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीका अनुसार नुवाकोटमा ४४८, गोरखामा २२३, धादिङमा २९९ र रसुवामा १५१ को मृत्यु भएको छ ।
गृह मन्त्रालयका अनतुसार नेपाली सेना, निजी कम्पनी र भारतबाट आएको हेलिकोप्टरको मदतमा रसुवा, नुवाकोट, काभ्रे, धादिङ, गोरखा, सिन्धुपाल्चोक, ललितपुर र ओखलढुंगाबाट घाइतेहरुको उद्दार गरिएको छ । साथै प्रभावित जिल्लाहरुमा खाद्यान्न, पाल, औषधी, भाडावर्तन लगायतका राहत सामाग्री समेत लगिएको छ ।
प्रतिक्रिया 4