+
+

वेस्टर्न यूनियनको २ करोड सहायता, पैसा पठाउँदा शुल्क नलाग्ने

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १७ गते १९:०४

Western-Union१७ वैशाख, काठमडौं । महाभुकम्पबाट प्रभावित समुदायको राहतका लागि वेस्टर्न युनियन कम्पनीले सहयोग कार्यक्रमको घोषणा गरेको छ ।
वेस्टर्न युनियनले आउँदो १४ जुनसम्मका लागि अमेरिका, युरोप, सिरिया, साउदी अरेबिया, युएइ, कतार, बहराइन, कुवते, ओमान, इराक, मलेसिया, हंगकंग, अस्ट्रेलिया, सिंगापुर, जापान, इजरायल तथा लेवनान लगायतका देशबाट नेपालमा पैसा पठाउन शुल्क नलाग्ने जनाएक्ो छ ।
त्यसैगरी, मोबाइल एप तथा अनलाइन सेवा मार्फत नेपालमा पैसा पठाउनेहरुका लागि समेत ३१ मे सम्म निशुल्क सेवा उपलब्ध हुने वेष्टर्न युनियनले जनाएको छ । अनलाइन प्रयोगकर्ताले भने NEPALRELIE“2015 कोड प्रयोग गर्नुपर्नेछ ।

त्यसैगरी, यूनियनले  भूकम्प पिडीतहरुका लागि  २ लाख अमेरिकी डलर अर्थात दुई करोड नेपाली रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । वेस्टर्न युनियन फाउण्डेसनले नेपालमा हाल भुकम्प पीडितका लागि आवास, खानेपानी तथा खाद्यान्न सहयोग उपलब्ध गराइरहेको मर्सी कप्र्स नामक संस्थालाई समेत केही राहत कोष उपलब्ध गराउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?