+
+

बुद्ध जयन्तीमा स्वयम्भू जान नपाइने

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २० गते १७:१५

२० वैशाख, काठमाडौं । यस पटकको २५५९औँ बुद्ध जयन्ती भूकम्पपीडितको सहयोगमा केन्द्रित गर्दै मनाइने भएको छ ।  बुद्धजयन्तीको दिन यसपालपाली स्वयम्भूमा जान भने रोक लगाइएको छ ।

Swoyambhu-after-Earthquake,

  • भूकम्पले क्षतिग्रस्त स्वयम्भू वरपरको संरचना । तस्वीर : एएफपी

सरकारले २५५९औँ बुद्ध जयन्तीलाई विनाशकारी भूकम्पमा परेका आमनागरिकको मङ्गल कामना गर्दै बौद्ध परम्पराअनुसार पूजाआजा गरी मनाइने जनाएको छ ।

सोमबार बुद्ध पूर्णिमाका दिन भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल, लुम्बिनीमा भिक्षु, भिक्षुणी, लामा गुरु तथा आनीहरुबाट महापरित्राण एवम् प्रणिधान पाठ गर्ने र साँझ २५५९ वटा दीप प्रज्वलन गर्ने कार्यक्रम तय भएको छ।

यस पटकको बुद्ध जयन्ती गत वर्षहरुमा जस्तो विशेष औपचारिक कार्यक्रम नगरी लुम्बिनीस्थित अखण्ड शान्ति दीपबाट दीप प्रज्वलन गरी शान्ति पदयात्रासँगै मायादेवी मन्दिरको परिक्रमा र सामूहिक प्रार्थना गरिने छ । साथै मायादेवी मन्दिर परिसरमा सामूहिक ध्यान तथा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले जानकारी दिए ।

साथै, बुद्ध जयन्ती एवम् लुम्बिनी दिवसलाई विनियोजित बजेट रकममध्येको ठूलो हिस्सा भूकम्पपीडितको उद्धार कार्यमा लगाउने निर्णयसमेत भएको कोषले जनाएको छ ।

स्वयम्भूमा जान प्रतिवन्ध

बुद्धजयन्तीको दिन स्वयम्भूमा जान रोक लगाइएको छ । भूकम्पले क्षति पुर्‍याएकाले त्यहाँ जान रोक लगाइएको हो । स्वयम्भूको मूख्य स्तूपमा क्षति नभए पनि वरपरका संरचना भत्किएका छन् । त्यहाँको जमिन पनि कमजोर भएको अनुमान गरिएको छ । बुद्धजयन्तीका दिन स्वयम्भूमा ठूलो भीड लाग्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?