भूकम्पबाट प्रभावित नेपालीहरुका लागि रकम संकलन गर्ने उद्देश्यले जापानको फुकुओकामा रकम संकलन गरिएको छ । चलचित्र ‘रेशम फिलिली’को च्यारेटी गरेर रकम संकलन गरिएको हो । नेपाल जापाना युथ क्लब र सहयात्री जापानको आयोजनामा चलचित्रको प्रदर्शन गरिएको हो । चलचित्र हेर्नका लागि जापानमा रहेका नेपालीहरुको बाक्लो उपस्थिती थियो ।
भाषा नवुझेपनि केही जापानीजहरुले पनि चलचित्र हेरेका थिए । चलचित्रको च्यारेटीबाट उठेको रकम भूकम्प प्रभावितहरुका लागि पठाउन लागिएको थाहा भएर हलमा पुगेका एक जापानीजले कामको प्रशंसा गरे ।
उनले नेपालीको कामलाई सलमान गर्न मन लागेको बताए । चलचित्र हेर्नुभन्दा पहिले भूकम्पबाट ज्यान गुमाएका नेपालीहरुको संझनामा १ मिनेट मौन धारणा गरिएको थियो ।