+
+

एमालेले दुई लाख स्वयम्सेवक परिचालन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २६ गते १८:४४

२६ वैशाख, काठमाडौं । नेकपा एमालेको भूकम्पपीडित उद्धार तथा राहत समन्वय समितिले प्रभावित जिल्लामा करिब दुई लाख स्वयम्सेवक परिचालन गर्ने निर्णय गरेको छ ।

CPN_UML_officeसमितिका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा शनिबार बसेको बैठकले जनताको सेवाका लागि पार्टी निकट विभिन्न भ्रातृ सङ्गठनको सहयोगमा स्वयम्सेवक खटाई भूकम्पले भत्किएका संरचना पुनःनिर्माण गर्ने निर्णय गरेको हो ।

स्थानीय जनतालाई भार नपर्ने गरी निर्माणको कार्य गरिने समितिका सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

अति प्रभावित जिल्लामा प्राथमिकता दिएर निर्माण कार्य सुरु गरिने उनले बताए । त्यस्तै प्रभावित जिल्लाका अञ्चल कमिटी त्यस क्षेत्रका नेता तथा सभासद्लाई सक्रिय बनाई राहत सङ्कलन तथा वितरणको जिम्मेवारी दिइएको छ ।

उनका अनुसार एमालेले स्थापना गरेको राहत कोषमा स्वदेश तथा विदेशबाट करिब ६५ लाख तथा भौतिक सामग्रीसहित राहत सङ्कलन भएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?