+
+

सगरमाथा आरोहण घोषित रुपमै बन्द

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २७ गते ७:०१

Sagarmatha Tourst Bhukampa

२७ वैशाख, काठमाडौ । वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण यो वर्ष सर्वोच्च शिखर सगरमाथा आरोहण रोकिएको छ । भूकम्पका कारण सगरमाथा आधार शिविरमा गएको पहमपहिरो र पटक पटक गइरहेको भूकम्पका धक्काले जोखिम बढाएका कारण आरोहण बन्द भएको पर्यटन विभागका महानिर्देशक तुलसी गौतमले जानकारी दिए ।

विभाग आरोहण रोक्ने पक्षमा नभए पनि आइसफल डक्टरले बाटो बनाउँन नसक्दा सगरमाथा प्रदूषण नियन्त्रण समितिले आरोहण गर्न नसकिने जानकारी दिएको अन्नपूर्ण पोस्टमा खबर छ ।

समितिले अब यो वर्ष बाटो बनाएर आरोहण गर्दा नभ्याईने जानकारी दिएको छ । यस पटक गएका अधिकांश आरोहीसमेत फिर्ता आइसकेकोले आरोहण हुन नसक्ने विभागले जनाएको छ । सगरमाथा आरोहणका लागि उपयुक्त मौसम मे महिनाभित्र मानिन्छ । अब आवश्यक तयारी पूरा गर्न र आधार शिविरबाट आरोहण अभ्यास गर्न नभ्याइने भएकोले आरोहण नहुने विभागको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?