+
+

पाँच रुपैयाँ लोभ गर्दा २५ हजार धरौटी !

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ २३ गते ७:४६

२३ जेठ, काठमाडौ । वीर अस्पतालछेउमा फार्मेसी चलाउने सन्तोष बास्तोलाले पाँच रुपैयाँ लोभ गर्दा २५ हजार धरौटी तिर्नुपरेको छ । होलसेलमा दुई रुपैयाँ ४५ पैसा मास्क भूकम्पपछि १० रुपैयाँमा बेच्दा उनी १९ वैशाखमा पक्राउ परेका थिए ।

बढी नाफा कमाउन खोज्दा दुई सातासम्म थुनामा बस्नुपर्यो भने उनीसँग काठमाडौ जिल्ला प्रशासनले २५ हजार रुपैयाँ धरौटी मागेको छ । वैशाख १२ को भूकम्पपछि महंगोमा सामान बेच्ने बास्तोलाजस्तै अन्य २४ जना पनि पक्राउ परेको नयाँ पत्रिकामा खबर छ ।

विपतका बेला कालोबजारी रोक्न प्रहरी र वाणिज्य विभागले महंगोमा सामान बेच्नेलाई पक्राउ गरी कारबाही गर्न थालेको छ । १६ वैशाखमा वीर अस्पताल अगाडि सार्वजनिक स्थानमा १० रुपैयाँमा मास्क बेच्ने अर्का बब्लु गुप्तालाई पनि जिल्ला प्रशासन कार्यालयले २५ हजार रुपैयाँ धरौटी मागिएको छ ।

विपतका बेला कालोबजारी गर्ने हरिराम मालाकार, सरिता जिसी, सुमन महर्जन, रमात्र खत्री, करण बास्तोला, सुमन अधिकारी, प्रमोद शाह, वीरेन्द्र चौधरी, उद्धव खतिवडा, अच्यूतप्रसाद आचार्य, एकेन्द्र लामा, पीताम्बर पोखरेल, दीलिपकुमार चौधरी, प्रमोद पटेल, सुदीप नेपाली लगायतलाई पक्राउ गरी कारबाही गरिएको काठमाडौ प्रहरी प्रमुख एसपी विश्वराज पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?