+
+

आदिवासीलाई आतंकवादी भनेपछि ऋतिकको आलोचना

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ २३ गते ११:१३

Hrithik-Roshan..

मुम्बई । आदीवासीलाई आतंकवादी भनेपछि अभिनेता ऋतिक रोशनको आलोचना सुरु भएको छ बलिउडमा । भारतको मणिपुरमा भएको आतंकवादी हमलाको विषयमा ऋतिकले ट्वीट गरेपछि उनका शुभ चिन्तकहरु समेत रिसले क्रुद्ध भएका छन् ।

मणीपुरमा भएको आतंकवादी हमलामा १८ सैनिकको मृत्यु भएको थियो । सोही विषयमा ऋतिकले ट्वीट गरेका छन् ‘मणिपुर आदिवासीको हमलामा मारिएका २० जवानको परिवारप्रति संवेदना ब्यक्त गर्दछु’ उनिहरुका लागि सलाम ।

खासमा उक्त हत्यामा मिलिटेड ग्रुपको संलग्नता थियो तर, ऋतिकले मिलिटेडको सट्टा आदिवासी शब्द प्रयोग गरे । उनलाई धेरै प्रश्न गर्दै भनेका छन् ‘भारतका सम्पूर्ण आदीवासी मिलिटेड हुन् ?’ कतिपयले भने उनलाई शब्द सच्याउन आग्रह गर्दै रिट्वीट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?