+
+

सेञ्चुरी बैंकको दुई नयाँ मुद्धती खाता

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ २५ गते १७:०९

२५ काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले दुईवटा नयाँ मुद्धती खाता सञ्चालनमा ल्याएको छ । बैंकले सय दिने मुद्धती खातामा ७ प्रतिशत ब्याज र १ वर्षे मद्धतीमा ७.५ प्रतिशत ब्याज प्रदान गर्नेछ ।

Century-Commercial-Bank-यस दिने मुद्धती खातामा न्यूनतम मौज्दात ५ लाख रुपैयाँ र एक वर्षे खातामा १० लाख रुपैयाँ न्यूनतम मौज्दात तोकिएको छ ।

बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म २३ अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ७ करोड रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ । चैत मसान्तसम्म बैंकले २० करोड ९१ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

बैंकका ३१ वटा शाखा, २५ वटा एटीएम काउन्टर, ९ वटा शाखारहित बैंकिङ र एउटा एक्सटेन्सन् काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?