Comments Add Comment

सुरु हुँदैछ ‘कमेडी क्लब विथ जितु नेपाल’

comedy-club-jitu-nepal
भारतीय टेलिभिजन कलर्समा ‘कमेडी नाइट्स विथ कपिल’को प्रशारण केही समयका लागि बन्दै हुँदैछ । कपिलले भारतमा केही समयका लागि शो बन्द गर्दै गर्दा नेपालमा भने यस्तै नाम गरेको एक शो प्रशारण हुने भएको छ । कमेडियन जित नेपालले ‘कमेडी क्लब विथ जितु नेपाल’  प्रशारणमा ल्याउन लागेका हुन् ।

हाउस फर सी नेटवर्कले जितुलाई नयाँ अवतारमा प्रस्तुत गर्न लागेको जानकारी दिएको छ । १ घन्टा लामो यो कार्यक्रम पहिलो सिजनमा १ सय भागसम्म चल्नेछ । यसपछि दर्शकको माया पाएको खण्डमा अरु भाग पनि बढाउन सकिने नेटवर्कका अध्यक्ष एवं निर्माता दिपेन्द्र खनियाँले जानकारी दिए ।

पहिलो चरणमा स्टेज प्रहसन मार्फत पनि देशभर यो कार्यक्रम संचालन गरिनेछ । साउनको तेश्रो साताबाट यो कार्यक्रम टेलिभिजनमा प्रशारण हुनेछ । अहिले यसको स्टेज धमाधम तयार पारिदैछ ।

विभिन्न बिषयमा यो कार्यक्रममा जितुले आफ्नो कमेडी प्रस्तुत गर्नेछन् । अहिले कलाकार छनोटको काम पनि धमाधम भैरहेको छ । अब, हेर्न बाँकी यो छ कि, यो शो कपिलको शो जस्तै हुनेछ या भिन्न प्रकारले दर्शकलाई मनोरञ्जन दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment