Comments Add Comment

प्रेमिकासँगको विवादले मणिपालका इन्टर्न डाक्टरको ज्यान लियो

सन्देश श्रेष्ठ

२० असार, पोखरा । प्रेमिकासँगको विवादपछि मनिपाल शिक्षण अस्पतालमा इन्टर्न गर्दै गरेका चिकित्सक अनिमेश ठाकुरको ज्यान लिएको छ ।

Animesh-Thakurप्रहरीले आत्महत्याको आशंका गरेका छन् भने मृतकका आफन्त र साथीहरुले हत्या भएको हुनसक्ने बताएका छन् । 

महोत्तरी ढिरापुर घर भई मणिपालमा एमबीबीएस सकेर इन्टर्न गर्दै गरेका २५ वर्षीय ठाकुरको शव शनिबार राति पोखरा ११ फुलवारीका लक्ष्मीप्रसाद वास्तोलाको घर नजिकै शव भेटिएको थियो । राति ठुलो आवास आएपछि घर नजिक किराना पसल गर्दै आएकी कान्ती शाहले हेर्दा ठाकुर लडेको अवस्था थिए ।

प्रहरीका अनुसार वास्तोलाको घरको चौथो तलामा ठाकुरसँगै इन्टर्न गरिरहेकी प्रतिक्षा प्रधान भाडामा बस्छिन् ।
सहकर्मीहरुका अनुसार अनिमेश र प्रतिक्षाबीच प्रेम सम्बन्ध थियो । तर, पछिल्लो समय राम्रो सम्बन्ध थिएन । शनिबार बेलुका पनि अनिमेश प्रेमिकाको घर पुग्दा प्रेमिकालाई अर्कै युवकसँग बसिरहेको देखेपछि पुनः विवाद भएको थियो ।

विवादका क्रममा प्रेमिकाले ‘अब हामी आ-आफ्नो बाटो लागौं, मलाई छाडिदेऊ’ भनेपछि अनिमेशले आत्महत्या गरेको प्रहरी श्रोतको भनाइ छ । तर अनिमेशका साथीहरुले भने प्रेमिकासँग विवाद चलिरहेका बेला प्रेमिकाको नयाँ प्रेमीले धकेलेर हत्या गरेको हुनसक्ने आशंका गरेका छन् ।

नयाँ प्रेमी को हो भन्ने बारेमा भने कोही पनि बताउन चाहँदैनन् । श्रोतका अनुसार नयाँ प्रेमी नेपाल प्रहरीका उच्च अधिकारीका छोरा भएकाले नाम कसैले पनि बताउन नचाहेका हुन् ।

कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक हरिबहादुर पालले अनिमेशले आत्महत्या गरेको हुनसक्ने बताए । उनले अनलाइनखबरसँग भने-‘हत्या गरेको कुनै प्रमाण भेटिएको छैन, घटनाको प्रकृतिपनि हत्या जस्तो देखिन्न ।’ यद्यपी घटनाको अनुसन्धान भइरहेको उनले बताए ।

रहस्यमय मृत्यु अनिमेश ठाकुरको आफन्तले शव बुझेका छन् । हत्या कि आत्महत्या भन्ने विवाद चलिरहेका बेला अनिमेशका बुबा डा.गरिबदास ठाकुरले शव बुझेर गृहजिल्ला महोत्तरी लगेका छन् ।

डा. गरिबदास स्वास्थ्य मन्त्रालय अनुगमन महाशाखा प्रमुख हुन् । शव बुझ्ने क्रममा मृतकका बुबाले आफ्नो छोराले आत्महत्या नगरेको जिकिर गरे ।

उनले आफ्नो छोराको हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment