Comments Add Comment

स्थानीय तहका जनप्रतिनिधि अख्तियारको उच्च निगरानीमा : आयुक्त गुरुङ

२९ चैत, पर्वत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. सावित्री गुरुङले स्थानीय तहमा अनियमितता र भ्रष्टाचारको गुनासो आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी बढाएको बताएकी छन् ।

आयोग क्षेत्रीय कार्यालय, पोखराले हिजो पर्वतमा आयोजना गरेको अन्तरक्रियामा आयुक्त गुरुङले आयोगले जनप्रतिनिधि र स्थानीय तहमा भइरहेका अनियमितताबारे निगरानी राखेको र जुनसुकै बेला पनि कारवाही हुनसक्ने प्रष्ट पारिन् ।

स्थानीय तहमा जथाभावी नियम बनाउने र अनावश्यक रुपमा खर्च गर्ने प्रवृत्ति बढेको भन्दै प्रचलित कानूनले वर्जित गरेका काम गर्ने जनप्रतिनिधि भ्रष्टाचारको अभियोगमा पर्ने खतरा रहेको उनले बताइन् ।

उपभोक्ता समितिमा आफन्तलाई राख्ने, आफ्ना र आफन्तका निर्माण उपकरण परिचालन बढेको र जनप्रतिनिधिकै संलग्नतामा प्राकृतिक स्रोतसाधनको दोहन भइरहेको उजुरी सबैभन्दा बढी आयोगमा परेको भन्दै उनले त्यस्ता काम तत्काल बन्द गर्न आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment