+
+

सशस्त्र प्रहरीद्वारा अवैध चल्ला नष्ट

अनलाइनखबर अनलाइनखबर
२०७२ असार २१ गते १३:३८

२१ असार, भैरहवा । भारतबाट भन्सार छली नेपाल भित्राउन लागिएको कुखुराका चल्ला सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म भैरहवाले बरामद गरी नष्ट गरेको छ ।

Challaगुल्मका गुल्मपति डिएसपी कमल तिमिल्सीना कमाण्डको गस्ती टोलीले रुपन्देहीको पटखौली इलाकाबाट ४ हजार ७२५ वटा अवैध बोइलर चल्ला बरामद गरी नष्ट गरेको हो ।

बरामद चल्ला बजार मूल्य अनुसार ३ लाख ३० हजार बढी रुपैयाँको रहेको गुल्मका गुल्मपति डिएसपी तिमिल्सीनाले बताए ।

बरामद गरिएको अवैध चल्ला पशु क्वारेन्टाइन प्रतिनिधि, पत्रकार लगायतको उपस्थितिमा नष्ट गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?