+
+

गुल्मीमा काका-भतिजी मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन ८ गते १८:२०

८ साउन, तम्घास । गुल्मीको पिपलधारा ८ निवासी ४० वर्षीय बेलबहादुर मुखिया र १६ वर्षीया सीता मुखिया घर नजिकै मृत अवस्थामा फेला परेका छन् । उनीहरु नातामा काका-भतिजी पर्दछन् ।

सीता रुखमा झुण्डिएको अवस्थामा र बेलबहादुर भुईमा लडेको अवस्थामा शुक्रवार बिहान फेला परेका हुन् ।

गुल्मीका प्रहरी निरीक्षक रामप्रसाद पौड्यालले घटनाको प्रकृति हेर्दा शकांस्पद रहेको भन्दै अनुसन्धान जारी रहेको बताए । ‘के कारणले यस्तो अवस्थामा मृत फेला परे भन्ने कुरा अहिले हामीले भन्न मिल्दैन र स्थानियले पनि केहि भन्न सकेका छैनन्,’ प्रहरी निरिक्षक पौडेलले भने, ‘उक्त रुखको करिव ३ मिटर तल बेलबहादुर र रुखमा सीता झुण्डीएको अवस्थामा भेटिएका छन् घटनाबारे अनुसन्धान भैरहेको छ ।’

प्रहरी निरीक्षक पौडेल नेतृत्वमा घटनास्थल पुगेको प्रहरीले मृतकका आमा, दाइ, भाइ र बुहारीलाई छानविनका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्याएको छ । दुईवटै शवहरु पोष्टर्माटमका लागि जिल्ला अस्पताल तम्घासमा ल्याएको छ ।

– शिव सुवेदीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?