+
+

गुण्डागर्दीमा संलग्न भएको आरोपमा २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १६ गते १५:००

१६ जेठ, काठमाडौं । गुण्डागर्दीमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं–१४ कलंकी घर भएका २६ वर्षीय सुजन कार्की र ३० वर्षीय अभिषेक सिंह छन् ।

उनीहरुलाई प्रहरी वृत्त कालिमाटीको टोलीले पक्राउ गरेको हो । उनीहरुले समूह खडा गरेर कलंकी क्षेत्रमा सर्वसाधारणलाई धम्की दिँदै रकम असुली गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

पक्राउ परेका मध्ये सिंह बैंकिङ कसुरको मुद्दामा फरार रहेका व्यक्ति रहेको खुलेको छ । उनीहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?