+
+

शिक्षा विभागदेखि शिक्षा कार्यालयसम्म क्रान्तिकारीको तालाबन्दी

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन १२ गते १०:५५

१२ साउन, काठमाडौ । विप्लव माओवादीसम्बद्ध अखिल क्रान्तिकारीले शिक्षा विभागदेखि सबै जिल्ला शिक्षा कार्यालयको प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

विद्यार्थी संगठनहरुबीच विगतमा भएका सहमतिहरु कार्यान्वयन नभएको भन्दै क्रान्तिकारीले शिक्षा विभाग, उच्च माध्यमिक शिक्षा परिषद, परिषदका क्षेत्रीय कार्यालयहरु तथा देशैभरका शिक्षा कार्यालयका प्रमुखको कार्यकक्षमा मंगलबार एकै साथ तालाबन्दी गरेका हुन् ।

उच्च माध्यामिक विद्यालयहरुमा गरिएको शुल्कवृद्धि, विदेशीको नाममा विद्यालयको नामाकरण, शिक्षामा भएको माफियाकरणको विरुद्धमा तालाबन्दी गरिएको क्रान्तिकारी महासचिव खगेश्वर केसीले बताए ।

प्याब्सन, एनप्याब्सन र हिसानमा पनि तालाबन्दी
विप्लव माओवादीको अखिल क्रान्तिकारीले निजी विद्यालयहरुको संगठन प्याब्सन, एन प्याब्सन तथा हिसानको कार्यालयमा पनि तालाबन्दी गरेका छन् ।

सम्बन्धित निकायलाई पटक-पटक ध्यानाकर्षण गराउँदा पनि नसुनेकाले तालाबन्दी गर्नुपरेको केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?