+
+

गैंडाकोटस्थित पुल भत्किएको ठाउँमा डाइभर्सन बनाईंदै

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन १२ गते १२:००

daiversion

१२ साउन, नवलपरासी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको गैंडाकोटस्थित जयश्री पुल भाँचिएर यातायात अबरुद्ध भएपछि हजारौं यात्रुले सास्ती भोग्नु परेको छ ।

राजमार्गमा हजारौं सवारी साधन तथा दशौंहजार यात्रु विचल्लीमा छन् । ओभरलोड बोकेका मालबाहक सवारी साधन एकै पटक पुल क्रसगर्ने क्रममा पुल भाँचिएको स्थानीयले बताए ।

सोमबार साँझ भाँचिएको पुलको विकल्पमा डाईभर्सन बनाउने प्रयास सडक विभागले मंगलबार विहान थालेको छ । साँझसम्म डाइभर्सन तयार पारेर यातायात खुलाउने प्रयास भैरहेको छ ।

‘खोलामा पानी बगिरहेका कारण ह्युमपाईप माथिबाट डाईभर्सन बनाउने काम भएको छ, वर्षादका कारण डाईभर्सन तक्कालका लागि हुने भए पनि विकल्पमा बेलीवि्रज निर्माण गरिन्छ,’ पश्चिमाञ्चल सडक डिभिजन कार्यालयका प्रमुख ईन्जिनियर दीपक भट्राईले भने ।

दुई बर्ष अघि पनि उक्त पुल भाँचिएको थियो । सडक विभागले लामै समय लगाएर मर्मत गरेपछि पुल संचालनमा आएको थियो । तर, निर्माण गुणस्तरीय नभएकाले यसपालि पनि भाँचिएको स्थानीय बताउँछन् ।

अरु पुल पनि जोखिममा

नारायणगढ-बुटवल सडक खण्डमा दर्जनौं पुल जोखिममा छन् । विज्ञहरुले २० टन भन्दा बढी भार बोकेका सवारी साधन नेपालका सडक र पुलका लागि खतरा हुने बताइरहेका बेला जयश्री पुल ओभर लोडकै कारण भाँचिएको छ ।

JayaShree-Bridge-at-Gaidakoपुल भाँचिदा रातभर राजमार्गमा रात विताएका यात्रुहरुले आक्रोसित हुदै भार नियन्त्रण गर्न नसक्नु सरकारी लापर्बाही भएको बताए ।

देशमा राजमार्ग र पुलको अवस्था नाजुक देख्दा देख्दै सरकारले २० टन भन्दा बढी भार बोक्ने १२ चक्का, १४ चक्का र सो भन्दा माथिका टेलरहरु सडक मापदण्ड विपरित निर्वाध भित्राइरहेकोमा यात्रुहरुले आपत्ति जनाए ।

पुल भाँचिएकै स्थानमा भेटिएका यातायात व्यसायी सन्तोष शर्माले भने, ‘सरकारले अविलम्व मालबाहक सवारीहरुको वर्गिकरण गरी सडक र पुलहरुको अवस्था हेरेर मात्र रुट ईजाजत दिनुपर्छ ।’

नवलपरासीको करिव १ सय किलोमिटर सडक खण्डमा रहेका पुल जीर्ण छन् । झण्डै चार दशक अघि राजमार्ग भारत सरकारले निर्माण गरे पनि पुलका फलामे प्लेटहरु बेलायती भएकाले सोही मापदण्डको सामान झिकाउन महिनौं लाग्ने हुँदा पुल मर्मतमा पनि ढिलाइ हुने गरेको प्राविधिकहरु बताउँछन् ।

पुलबाट सवारी साधन चल्न नसक्ने भएपछि यात्रुहरु जोखिम मोलेर पुलबाटै वारपार गरिरहेका छन् ।

– रामकुमार श्रेष्ठबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?