+
+

विप्लव माओवादीद्वारा कांग्रेस नेताको ‘जग्गा कब्जा’

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन १३ गते १७:३८

१३ साउन, स्याङजा । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले स्याङजाका कांग्रेस नेता खुमा अर्यालको जग्गा कब्जा गरेको घोषणा गरेको छ ।

विप्लव माओवादीका कार्यकर्ताहरुले खिलुङ देउराली गाविस ९ स्थित अर्यालको कालिका एग्रो र्फममा कालो झन्डा गाडेका छन् ।

अर्याल कांग्रेस नेता तथा व्यवसायी हुन् । उनीमाथि बिभिन्न सात आरोप लगाइएको छ ।

अर्यालले बिभिन्न स्थानमा सार्वजनिक जग्गा कब्जा गरेर दर्ता गरेको, हेलु फलेबास जाने मोटरबाटो निर्माणका भ्रष्टाचार गरेको, खोलाको धार परिवर्तन हुने गरी डोजर लगाएर प्राकृतिक सम्पत्ति दोहन गरेको, विद्यालयको जग्गा अतिक्रमण गरेको विप्लव माओवादी स्याङजाले जारी गरेको सार्वजनिक अपिलमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?