+
+

अमिताभ र सलमानको कमाइ बराबर, शाहरुख पछि परे

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन २० गते २०:५६

Amitabh,-salman-and-sharukh

काठमाडौं । हलिउड अभिनेता रोबर्ट डाउनी जुनियर सर्वाधिक कमाउने अभिनेता बनेका छन् ।

अमेरिकी पत्रिका फोर्ब्सले सर्वाधिक कमाउने अभिनेताको सूची सार्वजनिक गरेको छ, जसमा ८० मिलियन डलरका साथ रोबर्ट डाउनी जुनियर शीर्ष स्थानमा छन् ।

हलिउड अभिनेता ज्याकी चान दोस्रो स्थानमा छन् । उनको कमाई ५० मिलियन डलर छ ।

अमिताभ बच्चन र बजरंगी भाइ सलमान खान समान सातौं स्थानमा छन् । दुबैको कमाइ समान रहेको फोर्ब्सले जनाएको छ । पत्रिकाका अनुसार अमिताभ र सलमानको कमाइ ३३.५ मिलियन डलर छन् ।

शाहरुखभन्दा अक्षयकुमार समग्रमा नवौं स्थानमा छ । उनको कमाई ३२.५ मिलियन छ ।

शाहरुख खान भने समग्र सूचीको १८ औं नम्बरमा परेका छन् । उनको एक वर्षको कमाइ १८ मिलियन डलर छ । रनवीर कपुर १५ मिलियन डलर कमाइका साथ ३० औं नम्बरमा परेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?