एजेन्सी । विश्वभर स्पोर्ट युटिलिटी भेहिकल (एसयुभी) कारको माग तिब्र गतिमा बढिरहेको छ । आकर्षक डिजाइन, विलासी सुविधा, पावरफुल र अफरोड गाडी भएको हुँदा एसयुभी कारमा मानिसको आकर्षण बढेको हो ।
अधिकांश मोटर्स उत्पादक कम्पनीको फोकस लक्जरी एसयुभी कार निर्माणमा देखिन्छ । विश्व अटो बजारमा एक से एक सानदार एसयुभी कारहरु उपलब्ध भइसकेका छन् ।
मारुतीले पनि यही महिना एस क्रस कार सार्वजनिक गरेर एसयुभी सेगमेन्टमा प्रवेश गरिसकेको छ । पछिल्लो समय कम्पनीबीच लक्जरी एसयुभी कार बजारमा ल्याउने प्रतिस्पर्धा चलिरहेको देखिन्छ ।
मानिसको ध्यान गाडीको मूल्यमा पनि त्यसमा रहेको फिचर्समा केन्दि्रत देखिँदा गाडी निर्माताहरुले लक्जरी सुविधासहितका एसयुभी गाडी बजारमा ल्याइरहेको पाइन्छ । कम भन्दा कम मूल्यमा लक्जरी एसयुभी गाडी उत्पादनमा कम्पनीको जोड लगाइरहेका छन् ।
फक्सवागन टोरेग
जर्मन लक्जरी कार निर्माता कम्पनी फक्सवागनको टोरेग लक्जरी एसयुभी कार हो । यसमा ८ स्पीड अटोमेटिक गियर रहेको छ । ४ मोशन अल हृवीड ड्राइभ टोरेगमा ३.६ लिटरको वी-६ २८० एचपी इञ्जिन जडान गरिएको छ ।
१८ इञ्चको आल्मुनियम हृवील, क्लाइमेट अनुसार अटोमेटिक परिवर्तन हुने एसी, क्रुज कन्ट्रोल लगायतका फिचर्सहरु यसमा रहेका छन् ।
बीएमडब्ल्यू एक्स-५
एसयुभी सेगमेन्टमा बीएमडब्लुले सधै आफुलाई अग्रपंक्तीमा राख्न सफल भइरहेको छ । एक्स-५ को आन्तरिक तथा बाहृय डिजाइनदेखि यसमा राखिएका फिचर्सहरु लक्जरी रहेका छन् ।
यसमा ३.० लिटर आई-६ ३०० एचपी इन्टरकुल्ड टर्बो इञ्जिन रहेको छ । यसका साथै ४-हृवील एन्टी लक् ब्रेक्स -एबीएस), ८ स्पीड अटोमेटिक गियरका साथमा ओभरड्राइभ, साइड सिट माउन्टेड एयरब्याग, इन्टिग्रेटेड नेविगेशन सिष्टम, एयरब्याग अकुपेन्सी शेयर, अटोमेटिक एसी, क्रुज कन्ट्रोल, १८ इञ्च आल्मुनियम हृवील लगायतका सुविधाहरु रहेका छन् ।
जीप ग्रान्ड चिरोकी
यसमा पनि ८ स्पीड अटोमेटिक गियरका साथमा ओभरड्राइभ सुविधा रहेको छ । ३.६ लिटर वी-६ २९० एचपी इञ्जिन, इन्टिग्रेटेड नेविगेशन सिष्टम, ४-हृवील एन्टी लक ब्रेक, साइड सिट एयरब्याग, एयरब्याग अकुपेन्सी सेन्सर, २० इञ्चको आल्मुनियम हृवील, अटोमेटिक एसी लगायतका सुविधाहरु यसमा रहेका छन् ।
ओडी क्यू ५
यसमा ८ स्पीड अटोमेटिक गियरका साथमा ओभरड्राइभ, २.० लिटर आई-४ २२० एचपी इन्टरकुल्ड टर्बो इञ्जिन, साइड सिट माउन्टेड एयरब्याग, ४-हृवील एन्टी लक ब्रेक, एयरब्याग अकुपेन्सी सेन्सर, १८ इञ्च आल्मुनियम हृवील, अटामेटिक एसी, एबीएस, क्रुज कन्ट्रोल, क्वाट्रो अल हृवील ड्राइभ लगायतका सुविधा रहेका छन् । यस कारको बाहिरी बनावट समेत अकर्षक रहेको छ ।
मर्सिडिज बेञ्ज जी-क्लास
यसमा एएमजी ५.५ लिटर बी-८ ५३६ एचपी ट्वीन टर्बो इञ्जिन, ४ हृवील एन्टी लक ब्रेक्स (एबीएस), ७ स्पीड अटोमेटिक गियर, इन्टिग्रेटेड नेभिगेशन सिष्टम, बेबी स्म्ाार्ट एयरब्याग चाइल्ड सीट सेन्सर, एयरब्याग अकुपेन्सी सेन्सर, २० एएमजी आल्मुनियम हृवील, अटोमेटिक एसी लगायतका सुविधाहरु रहेका छन् ।
ल्यान्ड रोवर रेञ्ज रोवर
यस कारमा चमत्कारिक सुविधाहरु रहेका छन् । ३.० लिटर बी-६ ३४० एचपी इञ्जिन इन्टरकुल्ड सुपरचाज्र्ड, ४-हृवील एन्टी लक ब्रेक्स, ८ स्पीड अटोमेटिक गियरका साथमा ओभरड्राइभ, साइड सिटमा एयरब्याग, इन्टिग्रेटेड नेविगेशन सिष्टम, एयरब्याग अकुपेन्सी सेन्सर, अटोमेटीक एसी, क्रुज कन्ट्रोल लगायतका सुविधा यसमा रहेका छन् ।
इनफिनिटी क्यूएस ८०
यसमा ५.६ लिटर बी-८ ४०० एचपी इञ्जिन, ४ हृवील एन्टी लक ब्रेक्स (एबीएस), ७-स्पीड अटोमेटिक गियर, साइड सीटमा एयरब्याग, इन्टिग्रेटेड नेविगेशन सिष्टम, एयरब्याग अकुपेन्सी सेन्सर, ओभरहेड एयरब्याग, २० इञ्चको आल्मुनियम हृवील, अटोमेटिक एसी लगायतका सुविधा यस कारमा छन् ।
लेक्सस एलएक्स ५७०
यसमा ६ स्पीड अटोमेटिक ट्रान्समिसन, ५.७ लिटर बी-८ ३८३ एचपी इञ्जिन, इन्टिग्रेटेड नेभिगेशन सिष्टम, ४-हृवील एन्टी लक ब्रेक्स (एबीएस), साइड सिट एयरब्याग, प्यासेञ्जर ड्राइभर सिटमा पनि एयरब्याग, रियर साइड इम्प्याक्ट एयरब्याग, अटोमेटिक एसी, एयरब्याग अकुपेन्सी सेन्सर, क्रुज कन्ट्रोल, २० इञ्च आल्मुनियम हृवील लगायतका सुविधा छन् । यसको डिजाइन पनि आकर्षक रहेको छ ।