+
+

प्राङ्गरिक उत्पादनमा जोड

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ४ गते ७:४६

४ भदौ, काठमाडौँ । नेपालमा प्राङ्गरिक उत्पादनका क्षेत्रमा गहिरो अध्ययन तथा अनुसन्धान गर्नुपर्नेमा जोड दिइएको छ ।

काठमाडौँ विश्वविद्यालयद्वारा आयोजित कार्यक्रममा वक्ताले प्राङ्गरिक खेतीका लागि आवश्यक पाठ्यक्रमको विकास गरी दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने खाँचो औँल्याए ।

नेपालका लागि गणतन्त्र कोरियाका राजदूत चो योङ जिनले प्रविधिका क्षेत्रमा विकास भएका औजार तथा उपकरणलाई उपयोग गरी प्राङ्गरिक खेती गर्न तथा मानव उपयोगी उत्पादन वृद्धि गर्न सुझाव दिए ।

विश्वविद्यालयका उपकुलपति डा रामकुमार माकजु श्रेष्ठले विश्वविद्यालयमा प्राङ्गरिक उत्पादनसम्बन्धी शैक्षिक पठनपाठनका लागि विभिन्न समयमा कोरियाली सरकारले उपलब्ध गराएको सहयोगको सराहना गर्दै स्वस्थ्य जीवनका लागि प्राङ्गरिक उत्पादनको माग विश्व बजारमा बढ्दै गएको बताए ।

कोरियास्थित चोनबुक राष्ट्रिय विश्वविद्यालयका प्रा वायुङ टेक ओले प्राङ्गरिक खेतीका कारण माटाको गुणस्तरमा सुधार तथा त्यस्ता उत्पादनमा हुने क्याल्सियमलगायत पौष्टिक तत्वले मानव स्वास्थ्यमा फाइदा पु¥याउने हुँदा प्राङ्गरिक उत्पादनमा जोड दिनुपर्ने बताए ।

कोरिया अन्तर्राष्ट्रिय सहयोग समिति (कोइका) ले सो विश्वविद्यालयका प्रयोगशाला निर्माणका लागि करिब रु एक करोडको सहयोग उपलब्ध गराएकामा त्यसको निर्माण सम्पन्न भएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?