+
+

घोराहीको व्यस्त सडक तालमा परिणत

१५ भदौ, घोराही । सौडियार गाउँबाट तरकारी बेच्न घोराही आएकी कुन्ती चौधरीलाई तुलसीपुर चोकमा बसले हिलाम्य हुने गरी छ्याप्यो । हुईकीदै आएको बसलाई छेउँ लागेर त साईड दिइन् उनले तर त्यही फोहोर धमिलो पानीले शरिर भिजायो, कपडा बिगार्‍यो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १५ गते १४:४२

निमुसंगम घर्ती
१५ भदौ, घोराही । सौडियार गाउँबाट तरकारी बेच्न घोराही आएकी कुन्ती चौधरीलाई तुलसीपुर चोकमा बसले हिलाम्य हुने गरी छ्याप्यो । हुईकीदै आएको बसलाई छेउँ लागेर त साईड दिइन् तर त्यही फोहोर धमिलो पानीबाट जोगिन सकिनन् । धमिलो पानीले शरिर भिजायो र कपडा पनि बिगार्‍यो उनको ।

Tulsipur-Chok,-Dang-Ghorahiघोराहीको तुलसीपुर चोकमा आजभोली कुन्तीले जस्तै धैरैजनाले दैनिक यस्तै नियती भोग्नु पर्दछ । पानीको निकास नहुँदा हिजोआज पीच सडक पोखरीमा परिणत भएको छ । पैदलयात्रुलाई मात्रै होइन, साइकल, मोटरसाइकल, रिक्सा चढ्नेदेखि ठूला गाडीमा सवार सबैलाई तुलसीपुर चोकको खाडलले हैरान पारेको छ ।

तुलसीपुर चोकमा मासु पसल गर्दै आएका रबिन घिमिरे भन्छन्, ‘आवतजावत गर्नेलाई मात्रै हैन, हामी सडक किनारामा व्यवसाय गर्नेलाई समेत यसले दुःख दिएको छ ।’

सडक बिभागले एक-दुई पटक खाल्डोमा बालुवा त खनायो तर त्यो धेरै दिन टिकेन । अहिले फेरि तलाउ जस्तै बनेको छ तुलसीपुर चोक । तर, सडक बिभागले त्यसको अस्थायी भए पनि मर्मत गर्नुपरेमा ध्यान नदिएको स्थानीय गुनासो गर्छन् ।

तर, सडक डिभिजन कार्यालयका अधिकारी बर्षायाममा ग्राभेल गर्नु बाहेक अरु विकल्प नभएको बताउँछन् । सूचना अधिकारी इन्जीनियर कल्पना अधिकारीले अहिलेसम्म अस्थायीरुपमा आवतजावतमा सहजता ल्याउने काम भएको दाबी गरिन् । उनले भनिन्, ‘तीन-चार पटक बालुवा हालेका छौं तर टिक्दैन खाल्डो परिहाल्छ, अब बर्षायाम पछि समस्याको दीगो समाधान गर्छौं । कसरी दीगो सडक बनाउने भन्ने सोच्दै छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?