नायिका रेखा थापाले सामाजिक संस्था ‘रक्षा नेपाल’मा रहेका महिला तथा बाकिलाई तीजको कोशेली दिएकी छिन् । रक्षा नेपालको संरक्षणमा रहेका ३५ जना महिला तथा बालिकाहरुले ‘रक्षा नेपालको दर एवं चेतनामुलक’ कार्यक्रममा रेखाले उनीहरुलाई कुर्ता सुरुवाल उपहार दिइन् ।
नायिका थापाले कार्यक्रममा रक्षा नेपालसँग आफ्नो प्रगाढ सम्बन्ध रहेको बताइन् । उनले यो संस्थाकी अभियान्ता मेनुका थापाको प्रशंसा गर्दै उनी जसता १० जना मात्र नारीहरु हुने हो भने नारीहरु उत्पिडनमा नपर्ने बताइन् । मेनुकाले आफूसँग भएका सबै छोरीहरु रेखा थापा जस्तै बनुन् भन्ने चाहना राखेकी थिइन् ।
नायिका रेखा थापाले आफू तीजमा ब्रत बस्ने बताएकी थिइन् । उनले सामाजिक कार्यमा आफू सधै नै सक्रिय रुपमा लाग्ने बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4