+
+

जनकपुरको कर्फ्यू हट्यो, जनजीवन सामान्य बन्दै

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २९ गते १०:०५

Janakpur-aandolan-2
२९ भदौ, जनकपुर । जनकपुरमा स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू आदेश फिर्ता लिएको छ । प्रशासनले मंगलबार बिहान साढे नौ बजेदेखि कर्फ्यू आदेश फिर्ता लिएको जनाएको छ ।

जनकपुरमा भएको हिंसात्मक घटनामा ज्यान गुमाएकाहरुको शव व्यवस्थापन गर्न तथा नेपाली हिन्दुहरुको पर्व तीजलाई मध्यनजर गर्दै जनकपुरमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यू हटाइएको प्रशासनले जनाएको छ ।

धनुषाको जनकपुर क्षेत्रमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको प्रदर्शनका क्रममा शुक्रबार भएको झडपमा तीन जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए ।

मोर्चाको प्रदर्शनलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले शुक्रबार बिहान ६ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?