+
+

प्रधानमन्त्रीले ओलीलाई फोनमा भने-अख्तियारले कारबाही सिफारिस गरेका दुई मन्त्री फिर्ता बोलाउनुस्

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १३ गते ६:३३

susil-koirala-and-kp-oli
१३ असोज, काठमाडौं । अख्तियारले कारबाही सिफारिस गरेका एमालेका दुई मन्त्री फिर्ता बोलाउन प्रधानमन्त्री सुशील कोइरालाले मंगलबार साँझ केपी ओलीसँग आग्रह गरेका छन् ।

शुक्रबार सुरु हुने संसद अधिवेशनमा राजीनामा दिने घोषणा गरेका प्रधानमन्त्री कोइरालाले दुई दिनअघि ओलीलाई टेलिफोन गरी अख्तियारले कारबाही सिफारिस गरेका खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र उर्जामन्त्री राधा ज्ञवालीलाई फिर्ता बोलाउन आग्रह गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार ओलीले बुधबार साँझसम्ममा ती दुई मन्त्री फिर्ता नगरे प्रधानमन्त्रीले आफूले उनीहरुलाई बखास्त गर्ने जानकारी पनि गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?