+
+

केकीको सपनामा सरोज, रमेश र जीवन, भन्दैछिन्-‘आइ डन्ट नो’

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १ गते ११:१३

keki-and-ramesh
दसैं पर्व लाग्दै गर्दा नेपाली चलचित्रका केही निर्मातालाई भने तिहारको चपेटाले छोएको छ । तिहारमा दर्शकले आफ्ना चलचित्रको गीत बजाएर देउँसी र भैली खेल्छन् भन्ने सोचले उनीहरुले लोक शैलीका गीत धमाधम सार्वजनिक गरिरहेकी छिन् । शनिबार मात्र ३ चलचित्रका गीत सार्वजनिक गरियो । जसमध्ये एक हो, चलचित्र ‘भाग् सानी भाग्’ ।

नवल नेपालको निर्देशनमा तयार भएको यो चलचित्रको ‘आइ लभ यू’ बोलको गीतको भिडियो सार्वजनिक गरियो । यो गीतमा चलचित्रकी मुख्य नायिका केकी अधिकारीसँग ३ चर्चित नायकले काम गरेका छन् । गीतमा मात्र देखिएका ३ नायक हुन्, सरोज खनाल, जीवन लुइटेल र रमेश उप्रेती ।

रामचन्द्र काफ्ले र जुनु रिजालको स्वर रहेको गीतमा चेतन सापकोटाको शब्द तथा संगीत छ । गीतलाई पुरानो शैलीमा ढालिएर रोचक बनाइएको छ । यो चलचित्र चैत्र ५ गतेबाट प्रदर्शनमा आउनेछ । चलचित्रमा केकी अधिकारी र सविन श्रेष्ठ मुख्य भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?