+
+

यूएईमा दसैंको बिदाई गर्दै तिहारको स्वागत गरियो

दुबई । दसैंको बिदाई तथा तिहारको स्वागत गर्दै पाल्पाली समाज युएईले शुभकामना आदानप्रदान तथा सामूहिक देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २६ गते ८:४७

Tihar-UAE

रामप्रसाद ढुंगेल

दुबई । दसैंको बिदाई तथा तिहारको स्वागत गर्दै पाल्पाली समाज युएईले शुभकामना आदानप्रदान तथा सामूहिक देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।

गत शुक्रबार ६ नोभेम्बरमा चारसय भन्दा बढी पाल्पाली एवम् नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुको उपस्थितिमा दुबईको जाबिलपार्कमा विभिन्न परिकारका नेपाली परिकारसँगै लोक सांगीतिक माहोलमा देउसीभैलो कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा गायक हरि डुम्रेको देउसीभैलोले सहभागी सबैलाई तिहारको झल्को दिलाएको थियो । विष्णु गिरीले आफनै शैलीमा लोकगीत गाएर मनोरञ्जन प्रदान गरेका थिए ।

दसैं तथातिहारको उपलक्ष्यमा आयोजित उक्त कार्यक्रममा यूएईमा क्रिशाशील सामाजिक, राजनीतिक संघसंगठनका प्रतिनिधि, सञ्चारकर्मी, व्यापारी तथा सर्वसाधारणले आपसी शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ दसैंको विदाई गरेका थिए भने तिहारको स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?