+
+

उम्लिरहेको तेलको कराहीमा बसेर यस्तो ध्यान ! (भिडियो सहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १० गते १०:३७

Dhayan-at-oilतरकारी पकाउँदा होस् वा रोटी पकाउँदा । तातो तेलको एक छिटा उछिटि्टएर जिउमा पर्यो भने ऐया, आत्थु परिन्छ र जिउमा फोका उठ्न थाल्छन् ।

जिउँदो छँदा कुकर्म गर्ने मानिसलाई मरेपछि कुम्भिपाक नामक नर्कमा लगेर यमराजले तेल उम्लिरहेको कराहीमा चोपल्छन् रे भन्ने कुरा पौराणिक कथा किम्वदन्तीहरुमा सुन्दा समेत जिउ सिरिंग हुन्छ । तेल उम्लिरहेको कराहीमा चोपलिने भन्ने कुरा कल्पना गर्न पनि गाह्रो हुन्छ ।

तर कल्पना गर्न समेत गाह्रो पर्ने यो सर्वाधिक पिडादायी काम अहिले पनि मानिसले गर्दै आएका छन् । हो थाइल्याण्डका बौद्ध भिक्षुहरुले तातो तेलको कराहीमा चोपलिएर ध्यान गर्ने गरेका छन् ।

भिडियो हेर्नुहोस्

कराहीमा उम्लिरहेको तेलमा चोपलिएर ध्यान गर्ने भिक्षुहरु थाइल्याण्डको नांग बु लपू प्रान्तमा रहेका छन् । त्यहाँभिक्षुहरु हाँसीहाँसी तातो तेलको कराहीमा प्रवेश गर्छन् र उम्लिरहेको तेलमा चोपलिँदा समेत उनीहरुको जिउ डढ्दैन ।

सबैभन्दा पहिले एउटा भिमकाय कराहीमा तेल भरिन्छ र त्यसलाई ठूलो आगो बलिरहेको भटि्ट माथि झुण्डाइन्छ । आगोका कारण तेल भल्किन थाल्छ र त्यसपछि भिक्षु कराहीमा प्रवेश गर्दछन् र बसेर ध्यान गर्दछन् ।

तातो तेलको कराहीमा बसेर भिक्षुहरुले योगाध्यान गरेको भिडियो सोसल साइटमा निकै भाइरल बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?