+
+

बीजेपी नेताले भने- आगामी चुनावमा मोदीले धुलो चाट्नेछन्

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ १७ गते ११:४१

१७ माघ, काठमाडौं । भारतीय जनता पार्टीका वरिष्ठ नेता यशवन्त सिन्हाले आफ्नै पार्टीका प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका छन् । मोदी नेतृत्वको सरकारको अवस्था इन्दिरा गान्धीको कांग्रेस सरकारजस्तै हुन पुगेको उनले बताए ।
narendra modi 2
सिन्हा विगतमा अटल विहारी बाजपेयीको सरकारमा वित्त तथा विदेशमन्त्री थिए । मोदीको नाम नलिइकन उनले भने, ‘भारतका मानिसहरुले उनलाई धूलो चटाउने छन्, केवल चुनावको प्रतिक्षा गर्नुस् ।’

बीजेपीका अन्य वरिष्ठ नेता जस्तै पार्टीमा किनारा पारिएका सिन्हाले एउटा अन्तरक्रिया कार्यक्रममा शनिबार यस्तो अभिव्यक्ति दिएका हुन् । भाकपा महासचिव सीताराम यचुरीले पनि सम्मेलनलाई सम्वोधन गरेका थिए ।

सिन्हाले सन् १९७७ को आम चुनावले कांग्रेसलाई सत्ता बाहिर पुर्‍याए जस्तै अर्को चुनावबाट यो सरकार बढारिन सक्ने चेतावनी दिए । यसअघि विजेपी नेता सत्रुघ्न सिन्हाले भनेका थिए, ‘बाजपेयी, लालकृष्ण आडवानी, मुरली मनोहर जोशी जस्ता वरिष्ठ नेता अहिलेभन्दा राम्रो हैसियतका लागि योग्य छन् ।’

स्राेत- नवभारत टाइम्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?