+
+

भारतसँग ७० प्रतिशत व्यापार घाटा : श्रममन्त्री बोहरा

१७ माघ, भैरहवा । श्रम तथा रोजगार र वाणिज्य मन्त्री दिपक बोहराले भारतसँग ६५ देखि ७० प्रतिशतसम्म व्यापार घाटा भएको बताएका छन् । लुम्बिनी प्रेस क्लब भैरहवाले आइतबार विहान भैरहवामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भारतसगँ धेरै परनिर्भर भएकै कारण अत्याधिक व्यापार घाटा भएको बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ १७ गते १३:००

bohara
सलमान खान

१७ माघ, भैरहवा । श्रम तथा रोजगार र वाणिज्य मन्त्री दिपक बोहराले भारतसँग ६५ देखि ७० प्रतिशतसम्म व्यापार घाटा भएको बताएका छन् । लुम्बिनी प्रेस क्लब भैरहवाले आइतबार विहान भैरहवामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भारतसगँ धेरै परनिर्भर भएकै कारण अत्याधिक व्यापार घाटा भएको बताएका हुन् ।

मन्त्री बोहराले हाल भईरहेको व्यापार घाटा न्युनिकरणको लागि प्रधानमन्त्री केपी ओलीको छिट्टै हुने भारत भ्रमणको क्रममा छलफल हुने बताए । मन्त्री बोहराले बैकल्पिक बन्दरगाहकोरुपमा भारतको विशाखापटनम बन्दरगाहलाई व्यवस्थीत गरिन लागेको समेत बताए ।

श्रम तथा रोजगार मन्त्री बोहराले विभिन्न देशसँग श्रम सम्झौता भएको बताउँदै पहिलो चरणमा इजरायलमा सरकार टु सरकारको सम्झौता भएको र सोही अनुसार ६० जना केयर गिभरको रुपमा इजरायल जान थालेको बताए । मन्त्री बोहराले विभिन्न युरेपीयन कन्ट्री, साउदी अरबिया, मलेसियासँग रोजगारको सुरक्षित गन्तब्यको रुपमा सरकार टु सरकाको सम्झौता गर्न लागिएको बताए ।

रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित सांसदसमेत रहेका बोहराले रुपन्देहीको विकासको लागी निर्माणाधीन भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको काम छिटो सम्पन्न गर्ने, विशेष आर्थिक क्षेत्रलाई सुरुवात गर्ने, भैरहवा बुटवलमा निर्माणाधिन व्यापारिक मार्गको आयोजनालाई तत्काल पुरा गर्ने, भैरहवालाई सुन्दर तथा पर्यटकीय व्यापारीक शहरको रुपमा विकास गर्न भुमिका खेलीरहेको बताए ।

‘यो क्षेत्रको विकासको लागि कुनै कमी हुनु हुदैन,’ उनले भने । सोही अवसरमा सांसद इस्तीयाक अहमद खानले रुपन्देहीको विकासमा संसदमा सधैं आवज बुलन्द पारेको बताउँदै रुपन्देही क्षेत्र नम्बर १ र २ को विकासमा संसदिय विकास कोष अन्र्तगतको बजेट मार्फत विकास निर्माणका काम सम्पन्न भईरहेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?